‘राप्तीदूत’को समीक्षा – Kanika Khabar
Friday, March 29Nepali News Portal

‘राप्तीदूत’को समीक्षा

    मा प्रकाशित

पुस ३०, दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८४औँ शृङ्खलामा राप्ती साहित्य परिषद्द्वारा प्रकाशित वर्ष ४३ पूर्णाङ्क १३ ‘राप्तीदूत’ वार्षिक मुखपत्रको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ुसमीरुको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष एवं वर्तमान सल्लाहकार पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता भएको थियो ।

साहित्यकार पद्मप्रसाद शर्माले ‘राप्तीदूत’ वार्षिक मुखपत्रको समीक्षा गर्नुभएको थियो । सो मुखपत्र राप्ती साहित्य परिषद्को प्रकाशन र सम्पादन मण्डलमा कमलमणि देवकोटाको संयोजकत्वमा सदस्यहरू टीकाराम उदासी, खेमराज मल्ल, हरिप्रसाद पाण्डेय, आदिम के.सी रहनुभएको छ ।

No description available.

सो समीक्षा कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार डा। लोकराज पराजुली, प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य एवं पत्रकार शरद अधिकारीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियोे ।

सो कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकार नगेन्द्र गुरू, साहित्यकारहरु देवेन्द्र रिजाल, गिरीराज पन्थी, धनसिहं गिरी, गोपाल भुषाल अभिलाषी, सुवास न्यौपाने, संगीता सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

राप्ती परिषद् जिल्ला शाखा दाङका सदस्य विना रोकाको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष यम रेग्मीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्