प्रधानमन्त्री टी–ट्वान्टी क्रिकेटमा पुलिस, आर्मी, बागमती र एपिएफ क्लबको जित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रधानमन्त्री टी–ट्वान्टी क्रिकेटमा पुलिस, आर्मी, बागमती र एपिएफ क्लबको जित

    मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले समूह चरणका चारवटै खेल जित्दै शत प्रतिशत नतिजा निकालेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले लगातार चार खेल जितेको हो ।

 

आज भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले चार खेलमा दोस्रो जित निकालेको हो । यस्तै टियु क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा समूह ‘ए’ अन्तर्गत कर्णाली प्रदेशलाई ८९ रनको पराजित गदै पुलिस क्लबले जित निकालेको छ ।

 

पुलिस समूह विजेता बन्दै सेमिफानलमा प्रवेश गरेको हो । समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले पनि जित निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्