माघीले सद्भाव र एकता कायम गरोस् : क्षेत्रीय सभापति खड्का – Kanika Khabar
Saturday, April 20Nepali News Portal

माघीले सद्भाव र एकता कायम गरोस् : क्षेत्रीय सभापति खड्का

    मा प्रकाशित

कनिका खबर
माघ १, दाङ ।
माघी पर्व तथा थारु समुदायको नयाँ वर्ष २६४५ को अवसरमा शुभकामना प्रदान गर्दै नेपाली काङ्ग्रेस दाङका क्षेत्रीय समितिले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वले नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना व्यक्त गरेका छन् ।

माघीको पूर्वसन्ध्यामा काङग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले एक विज्ञप्ति जारी माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । ‘विभिन्न जाति तथा समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको यो पर्व नेपालको सांस्कृतिक तथा सांस्कृतिक महत्वलाई झल्काउनुका साथै सद्भाव र एकताको पर्व हो ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे र क्षेत्र नंं. ३ का सभापति जगत खड्काले पनि छुट्टा छुट्टै विज्ञप्ति जारी गरी शुभकामना व्यक्त गरेका छन् ।

यस्तै १ (क) का सभापति श्रीपत चौधरी, १ (ख) का सभापति दिनेश गिरी , प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ, २ (ख) का सभापति अभियान बस्नेत र ३ (क ) का सभापति देबेन्द्र रिजाल ३ (ख ) का सभापति खिम बहादुर वलीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी शुभकामना दिएका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहेको छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेल्र्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई ,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्