‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुई खेल हुँदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुई खेल हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । लिगको नवौं चरण अन्तर्गत आज हुने दुबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नै हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ः०० बजे सुरु हुनेछ ।फ्रेन्ड्स क्लब ८ खेलमा ३ अङ्क जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो । आर्मीले ८ खेलमा १४ अङ्क जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ ।

 

आज आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।यस्तै दोस्रो खेलमा थ्री स्टार र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र सङ्कटाबीचको खेल दिउँसो ४ः४५ मा सुरु हुनेछ। थ्री स्टार ८ खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

सङ्कटालाई हराएर थ्री स्टार अङ्क तालिका सुधार्न चाहन्छ ।सङ्कटा ८ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । सङ्कटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्