प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल मात्रै हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल मात्रै हुने

    मा प्रकाशित

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू मात्रै हुने भएका छन् ।प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई खेल हुनेछन् ।पहिलो खेलमा प्रदेश १ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

समूह ‘ए’ मा पुलिस ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।पुलिसले सेमिफाइनलमा स्थान बनाईसकेको छ । प्रदेश १ ले २ खेलमा १ अङ्क जोडेको छ । प्रदेश १ पाँचौ स्थानमा रहेको छ ।

 

टियुमै हुने दोस्रो बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।समूह ‘बी’ मा रहेको बागमती ३ खेलमा २४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।गण्डकीलाई हराएर बागमती सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।

 

गण्डकी २ खेलमा अङ्कबिहीन रहदै पुछारमा रहेको छ ।प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्