मानवीय सहायता सामग्री लिएर परराष्ट्रको टोली आज काबुल जाँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

मानवीय सहायता सामग्री लिएर परराष्ट्रको टोली आज काबुल जाँदै

    मा प्रकाशित

माघ २, काठमाडौँ ।
नेपालले अफगानिस्तानलाई आज मानवीय सहायता सामग्री पठाउँदै छ । एउटा विमानभरी मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली आज बिहान साढे १० बजे अफगानिस्तानको राजधानी काबुल जाने छ ।

औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली जान लागेको सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले सहायता सामग्रीमा स्वास्थ्य सामग्री र खाना पकाउने भाँडा लगायत रहेको बताउनुभयो । काबुल विमानस्थलमा संयुक्त राष्ट्र सङ्घको टोलीलाई सहायता सामग्री हस्तान्तरण गरिने जनाइएको छ ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही सङ्गठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्