थारु समुदायमा आजदेखि बरघर भेला सुरु हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

थारु समुदायमा आजदेखि बरघर भेला सुरु हुँदै

    मा प्रकाशित

एकराज चौधरी
माघ २, बर्दिया ।
पश्चिम नेपालका थारु गाउँबस्तीमा नयाँ वर्ष अर्थात माघीको रौनक सुरु भएको छ । पहिलो दिन परिवारभित्रको समस्या र समाधानको बारेमा छलफल भयो भने आजदेखि करिब १ हप्ता थारु गाउँको समस्या समाधान, थिति, परम्पराको समीक्षा तथा निर्णय गर्न बृहत छलफल सुरु हुँदैछ ।

थारु समुदायका नागरिकका लागि सरकारले बनाउने ऐन, कानुन मात्रै पुग्दैन । गाउँमा बरघर भेलाबाट भएका निर्णय र निर्देशनको पालना पनि अनिवार्य हुन्छ । त्यस्ता निर्णय गर्न आजबाट हरेक थारु गाउँबस्तीमा छलफल सुरु गरिँदैछ ।

यसबारेमा छलफल र निर्णय गर्न गाउँभरिका मुख्य व्यक्ति, गूरुवा लगायत अगुवा, जान्नेमान्नेहरू भेला हुन्छन् । बर्दिया जिल्लभरिमा हरेक गाउँको हिसाब गर्ने हो भने करिब ४ सयभन्दा बढी बरघर छन् । स्थानीय सरकारले थारु समुदायको प्रथापरम्परा अन्तर्गत बरघरलाई जिल्लामा मान्यता दिएपछि खुसी लागेको सोमलाल चौधरी बताउनुहुन्छ । माघीकै बेलामा थारु समुदायमा वर्षभरि गाउँ सञ्चालन गर्न अगुवाचुनिन्छन् ।

सदियौँदेखि चल्दै आएको थारुहरुको यो परम्परालाई स्थानीय सरकारले यसै वर्षदेखि मान्यता दिन थालेका छन् । करिब १ हप्ताको यो अवधिमा थारु गाउँमा बरघर, लिखनदार, चौकिदार, थानको पुजा तथा सरसफाइका लागि चिरकिया, गुरुवा, अगुवा पनि छानिन्छ । छानिनेमध्ये चौकिदार, गुरुवा, केसौकालाई धान उठाएर पारिश्रमिकको रुपमा दिइन्छ । गाउँको खानेपानी, पुलपुलेसाको समस्या समाधानका बारेमा पनि यतिबेला नै थारु समुदायमा छलफल हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्