‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र विजयी, च्यासलका १९ खेलाडीमा कोराना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र विजयी, च्यासलका १९ खेलाडीमा कोराना

    मा प्रकाशित

माघ २, काठमाडौँ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब विजयी भएको छ । आज भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले हराएको हो ।मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गर्नुभएको हो । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले भने एक एक गोल गर्नुभएको छ । यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अङ्क जोडेको छ ।

 

मछिन्द्रले लिगमा ४ अङ्कको अग्रता समेत बनाएको छ ।मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अङ्क रहेको छ । आजै हुने भनिएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल भने स्थगित भएको छ।च्यासलका खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको एन्फाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्