कोरोना कहर : सिनेमा हल, जिम क्लव पनि माघ १५ गतेसम्म बन्द – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना कहर : सिनेमा हल, जिम क्लव पनि माघ १५ गतेसम्म बन्द

    मा प्रकाशित

२ माघ, दाङ ।
सरकारले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रीकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै धेरै जना भिडभाड हुने गतिविधि पनि माघ मसान्तसम्म नगर्ने, बैठक, गोष्ठि, समीक्षा, जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टिजेन परीक्षण गर्ने र जनस्वास्थ्यका मापदण्डको पालन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो । त्यसैगरी कलेज र ट्युसन सेन्टर पनि माघ १५ सम्म बन्द रहने भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्