माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

    मा प्रकाशित

पुस ३, माघ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ अर्थात सङ्क्रमणमुक्त भएको पाइएको हो । १० दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र स्वकीय सचिव मल्ल कोभिड १९ सङ्क्रमणका कारण होम आइसोलेशनमा बस्दै आउनुभएको थियो ।

मल्लले आफू पनि कोरोनामुक्त भएको जानकारी दिनुभयो । अध्यक्ष लगायत १२ जनाभन्दा धेरै केन्द्रीय नेतामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रको पदाधिकारी थप्ने प्रक्रिया अघि बढ्न सकेको छैन । केही समयपछि केन्द्रीय समितिको बैठक बोलाएर पदाधिकारी थपका बारेमा छलफल गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्