२५ भन्दा बढी सांसद र संसद सचिवालयका ७ कर्मचारीमा कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

२५ भन्दा बढी सांसद र संसद सचिवालयका ७ कर्मचारीमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

माघ ३, दाङ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २५ भन्दा धेरै सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जानकारी गराएका वा विभिन्न माध्यमबाट थाहा भएका आधारमा यो तथ्याङ्ख्या सङ्घीय संसद सचिवालयले तयार पारेको हो ।

सङ्क्रमित भएर आराम गरिरहेका सांसदको सङ्ख्या धेरै हुनसक्ने अनुमान सचिवालयको छ । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सचिवालयमा कार्यरत ७ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

केही सांसद, सचिवालयका कर्मचारीमा कोरोना देखिएका कारण आज दिउँसो १ बजे तय भएको प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ ।

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचनामार्फत कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण बैठक सारिएको जानकारी गराउनुभएको छ । अर्को बैठक फेरि सारिएन भने यही माघ १६ गते बस्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्