पछिल्लो २४ घण्टामा दाङमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

३ माघ, दाङ ।

पछिल्लो २४ घण्टामा दाङमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरको मेट्रो हस्पिटलमा गरिएको एन्टिजेन परिक्षणबाट ४० जना र राप्ती गाउँपालिकामा २० जनामा गरिएको परिक्षणबाट ८ जना गरि ४८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा तुलसीपुरका ४० र राप्तीका ८ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । वितेको २४ घण्टामा १६ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा तुलसीपुरका १५ जना र घोरोहीका एक जना रहेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५५ जना रहेको छ । उनीहरुमध्ये २ सय ५० जना घरमा, १ जना सामान्य उपचारमा र ४ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्