नारायणपुरमा सार्वजनिक शौचालय निर्माण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नारायणपुरमा सार्वजनिक शौचालय निर्माण

    मा प्रकाशित

३ माघ, दाङ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले शौचालयको निर्माण गरेको हो । नारायणपुरको सर्वेश्वरी मन्दिर नजिकै निर्माण गरिएको शौचालयको आज घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी ९निर्मल० ले शौचालयको उद्घाटन गर्नुभएको छ ।

नेपाल सरकार र विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थाको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई कोष विकास समितिको व्यवस्थापनमा २२ लाखको लगानीमा शौचालयको निर्माण गरिएको हो । शौचालयको गणपति बाबा निर्माण सेवा प्रालिले निर्माण गरेको हो । महिला, पुरुष र अपांगमैत्री छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्