म्यादी बन्दमा विद्यालय : तुलसीपुर क्षेत्रका विद्यालय माघ १५ गतेसम्म बन्द – Kanika Khabar
Thursday, April 18Nepali News Portal

म्यादी बन्दमा विद्यालय : तुलसीपुर क्षेत्रका विद्यालय माघ १५ गतेसम्म बन्द

    मा प्रकाशित

कनिका डेस्क
माघ ३, दाङ ।
कोरोणा भाइरसको सङ्क्रमण दर बढ्दै गएका कारण दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज सोमबार शिक्षा युवा तथा खेलकुद महाशाखा तुलसीपुरले एक विज्ञप्ति जारी गरी माघ १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गरिएको जानकारी दिएको हो ।

 

विज्ञप्तिमा भनिएको छ, ‘तुलसीपुर उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु भौतिक रुपमा उपस्थितिमा पठनपाठन एवं विद्यालयका आन्तरिक परीक्षाहरु स्थगन गर्न जानकारीका लागि अनुरोध छ । साथै यो अवधिमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम सिकाइ प्रक्रियालाई निरन्तरता दिनहुन समेत निदैृशानानुसार अनुरोध छ ।’

यसअघि महाशाखाले पुस २५ गतेदेखि माघ ३ गतेसम्म कोभिडका कारण विद्यालय बन्द गरेको थियो । गत पुस २५ गतेदेखि माघ ३ गतेसम्म कोभिडका कारण महाशाखाले कोभिड सङ्क्रमणको चेन ब्रेक गर्न, माघी तथा जाडो विदा गरेको थियो । कोरोना सङ्क्रमण दर नघटेका कारण पुनः विद्यालयको भौतिक पठनपाठन स्थगनको म्याद थपिएको हो ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्