एमालेले जारी गर्‍यो आन्तरिक सर्कुलर : २५ जनाभन्दा बढी भेला हुन नपाइने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एमालेले जारी गर्‍यो आन्तरिक सर्कुलर : २५ जनाभन्दा बढी भेला हुन नपाइने

    मा प्रकाशित

माघ ३, दाङ ।
नेकपा एमालेले कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि आन्तरिक सर्कुलर जारी गरेको छ । एमालले २५ जनाभन्दा बढीको सहभागिता रहने सबैखाले कार्यक्रम स्थगन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।

पार्टी कार्यालयका सचिव डा.भिष्म अधिकारीले एमालेले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्न, तर अनावश्यक भीडभाड नगर्न, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न, पार्टीका स्थानीय कमिटी, नेता÷कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन लगायतको निर्देशन दिइएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्