चीनको जन्मदर फेरि १ प्रतिशतले घट्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चीनको जन्मदर फेरि १ प्रतिशतले घट्यो

    मा प्रकाशित

चीनको जन्मदर १ प्रतिशतले घटेको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा चीनको जन्मदर १ प्रतिशतले घटेको हो । चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सन् २०२० मा १ हजार व्यक्तिमा ८ दशमलव ५२ प्रतिशत दर रहेकोमा सन् २०२१ मा ७ दशमलव ५२ प्रतिशतमा झरेको हो ।

 

विभागका अनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क सबैभन्दा कम हो । सन् २०२१ मा देशले एक करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार यसैसँगै देशको जनसङ्ख्या १ अर्ब ४१ करोड पुगेको छ । एक दशकमाा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअुसार चीनको जनसङ्ख्या ६० वर्षपछि सबैभन्दा कम दरमा बढेको छ ।

 

विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्