प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसको चौथों जित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसको चौथों जित

    मा प्रकाशित

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार चौंथो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो । समूह ‘ए’ मा पुलिसले चारमध्ये चारवटै खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ । त्रिभुवन आर्मी क्लबले चार खेलमा ६ अङ्क जोडेको छ ।

 

आर्मीले दुई खेलमा जित तथा एक खेलमा प्रदेश १ सँग अङ्क बाडेको थियो । यता सुदुरपश्चिम प्रदेशले ४, कर्णालीले २ र प्रदेश १ ले १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् । आजको खेलमा पुलिसले १ सय २ रनको लक्ष्य १३ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्