फुटबलको विकासका लागि नेपाल र साउदी अरबबीच दुई वर्षे सम्झौता – Kanika Khabar
Saturday, April 20Nepali News Portal

फुटबलको विकासका लागि नेपाल र साउदी अरबबीच दुई वर्षे सम्झौता

    मा प्रकाशित

फुटबल विकासका लागि नेपाल र साउदी अरबबीच सम्झौता भएको छ । फुटबलका विभिन्न पक्षको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच दुई वर्षको सम्झौता भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा साउदी जानुभएको छ । सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्नेछन् । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूह १७ वर्ष मुनि, २० वर्ष मुनि र २३ वर्ष मुनिको प्रशिक्षणका सहयोग आदानप्रदान हुनेछ ।

 

यस्तै रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुनेछ । त्यस्तै युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्