एमालेप्रति जनताको आकर्षण छ : केन्द्रीय सदस्य पाण्डे – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एमालेप्रति जनताको आकर्षण छ : केन्द्रीय सदस्य पाण्डे

    मा प्रकाशित

एमालेको नेतृत्वमा बनेका सरकारले ल्याएका समाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम र विकासका कारण अन्य पार्टी छोडेर आउनेको लहर बढ्दै जानु महोत्वपूर्ण उपलब्धी भएको पाण्डेले बताउनुभयो । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख समेत रहनु भएका पाण्डेले नेपाली कांग्रेस पार्टी परित्याग गरेर एमालेमा आउनु भएका कांग्रेसका नगर सदस्य हरी चौधरीलाई बधाई दिदै पार्टीलाई बलियो बनाउनका लागि काममा लाग्न आग्रह गर्नुभयो ।

‘हामी हरेक नागरिकलाई सम्मान गर्छौ । चाहे त्यो हलो जोत्ने होस । चाहे त्यो श्रम गर्ने होस । चाहे त्यो व्यवसायी होस । चाहे त्यो जुनसुकै काम गर्ने किन नहोस । हामी सबैलाइ समान रुपले सम्मान गछौं । त्यो एमालेको विशेषता हो ।’ केन्द्रिय सदस्य पाण्डेले भन्नुभयो ।

वडा कमिटी अध्यक्ष खगेश्वर पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, उपसचिव कृष्ण भुसाल, जिल्ला सदस्यद्धोय टोपबहादुर घर्ती, डिल्ली भण्डारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण तेज प्रसाद पोखरेलले गर्नुभएको थियो । सो अवसरमा कालुराम चौधरीको अध्यक्षतामा १७ सदस्य टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम चौधरी,सचिव मनविर चौधरी र सहसचिवमा मोहन चौधरी र सुर्य चौधरी रहनुभएको छ । सो अवसरमा नेपाली कांग्रेसका नगर सदस्य हरी चौधरीको नेतृत्वमा १९ जना पाटी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्