राजनीतिक संयन्त्रको बैठक बस्दै – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

राजनीतिक संयन्त्रको बैठक बस्दै

    मा प्रकाशित

माघ ६, दाङ ।
राष्ट्रिय सभा र स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कोरोनाको सङ्क्रमण बढिरहेकाले बैठकमा स्वास्थ्य मापदण्ड पालना हुने सचिवालयको भनाइ छ ।

हिजो र अस्ति बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका थिए । आजको बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन सक्ने नेताहरुले बताएका छन् ।

निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएको छ । सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्