आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात

    मा प्रकाशित

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मस्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बिवाईएससी मिनेसोटा यूएसए सहभागी छन् ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङ्क्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्