राजनीतिक समन्वय समितिको बैठक स्थगित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

राजनीतिक समन्वय समितिको बैठक स्थगित

    मा प्रकाशित

माघ ६, काठमाडौँ ।
सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने तय थियो ।

 

तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । बैठक किन स्थगित भयो भन्ने बारेमा केही जानकारी नगराइएको उहाँको भनाइ छ ।

 

आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचनलगायत विषयमा छलफल हुने भनिएको थियो ।सत्ता गठबन्धनमा निर्वाचन मिति तोक्ने विषयमा फरक–फरक धारणा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्