उपत्यकाकामा ‘बुस्टर डोज कार्यक्रम’ स्थगित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

उपत्यकाकामा ‘बुस्टर डोज कार्यक्रम’ स्थगित

    मा प्रकाशित

काठमाडाैं,७ माघ ।

  उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालयले ‘बुस्टर डोज कार्यक्रम’ स्थगित गरेका छन् । भेरोसेल खोप अभाव देखाउँदै कार्यालयले खाेप बन्द गरेकाे हाे। जसका कारण भेरोसेलको बुस्टर मात्रै नभई यसअघि छुटेका पहिलो/दोस्रो डोज लगाउन इच्छुक सर्वसाधारण खोपबाट वञ्चित भएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,सिभिल अस्पताल वानेश्वर लगायत खाेप केन्द्रहरूमा बिहीबार खोप लगाउनेको भीड थियाे । स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार भेरोसेलको दोस्रो र बुस्टर डोज लगाउन बाँकी सर्वसाधारण १० लाखभन्दा बढी छन् ।

ललितपुर र भक्तपुरमा क्रमशः ३ लाख ४ हजार र २२ हजार छन् । कीर्तिपुरमा मात्रै डेढदेखि दुई लाख जना छन् । तीनै जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन खोपको भने अभाव छैन । यी खोप लगाउने कार्यक्रम भने जारी छ । स्वास्थ्य कार्यालय काठमाडौं प्रमुख शम्भु काफ्लेले खोप सकिएपछि भेरोसेलको पहिलो डोज लगाउन बन्द गरिएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्