सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने

    मा प्रकाशित

माघ ७, दाङ ।
चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित भएको छ । मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम घट्दा चिसो बढेको हो ।

देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अस्ति अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको हिजोको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

हिजो जोमसोमको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस, जुम्लाको तापक्रम ९ दशमलव ५ डिग्रंी सेल्सियस, जीरीको ९ दशमलव ९ डिग्री सेल्सियस लुम्लेको १० डिग्री सेल्सियस, ओखलढुङ्गाको १३ डिग्री सेल्सियस तथा काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ । यस्तै देशका थोरै ठाउँमा भने वर्षा र हिमपात पनि हुने सम्भावना रहेको उहाँले बताउनुभयो । यसले चिसो अझै बढ्ने भएकाले ख्याल गर्न उहाँले अनुरोध गर्नुभयो । तर ठूलो वर्षा वा झरीको सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्