नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ । हिजो देशभर हालसम्मकै धेरै मानिसहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो एकैदिन देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै ४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ३२ पुगेको छ । देशभर ६ सय ४९ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहे पनि नागरिकमा भने भ्रम कायमै रहेको एक जना सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाले बताउनुभयो । वैज्ञानिकहरूका अनुसार कोरोनाको पछिल्लो समय देखिएको म्यूटेशन कमजोर भएकाले यसले मानिसहरूमा गम्भीर अवस्था उत्पन्न गराएको छैन । तर, सङ्क्रमण गराउने दर अझै तीव्र रहेकाले यसलाई सामान्य रुपमा लिन हुँदैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्