आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपालकोे पहिलो खेल ओमानसँग – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपालकोे पहिलो खेल ओमानसँग

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ । आईसीसीको खेलतालिका अनुसार नेपाल र आयोजक ओमानबीचको फेबु्रअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने भएको हो । नेपाल समुह २ मा रहेको छ । समुह २ मा नेपालसहित ओमान,क्यानाडा र फिलिपिन्स रहेका छन् ।

 

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फ्रेबु्रअरी १९ मा हुनेछ नेपालको तेस्रो खेल भने क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेबु्रअरी २१ मा खेल्ने तालिका रहेको छ । समुह १ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्