भत्केको घर उठाउँदै ‘अभि’ (भिडियोसहित) – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

भत्केको घर उठाउँदै ‘अभि’ (भिडियोसहित)

    मा प्रकाशित

कनिका कला संवाददाता
माघ ८, दाङ ।
गजलकार तथा गीतकार अभि क्षेत्री ‘समर्पण’ यतिबेला भत्केको घर उठाउन व्यस्त छन् । पछिल्लो अवस्थामा नेपाली साङ्गीतिक बजारमा आफ्नो पेचिलो उपस्थिति जनाउँदै आएका ‘अभि’ यतिबेला ‘भत्केको घर’ बनाउन तल्लीन देखिएका हुन् ।
भत्केको घर बनाउँदा तेरो
बनेको घरै भत्किन्छ मेरो
जुनकीरी रोजिस् जूनलाई छोडी
आफ्नै जिन्दगी पारिस् अँधेरो

प्रेम योग र वियोगको संयोजन गरिएको प्रस्तुत गीतमा कतै घर भत्किदा कतै निर्माण हुने पक्षलाई जोड दिइएको छ । प्रेम अन्धो हुन्छ र प्रेम त्यागी पनि हुन्छ भन्ने भावलाई केन्द्रमा राखेर तयार पारिएको प्रस्तुत गीतले प्रेममा विवाह हुनुलाई पनि प्रर्वाह नराख्ने शक्ति हुन्छ भन्ने सन्देश सम्प्रेषण गरिएको छ । सिन्दुरले प्रेमलाई रोक्न नसक्ने, एउटाको सिन्दुर पुछिदा अर्कोको सिन्दुर थप्न सक्ने ल्याकत प्रेमले राख्ने भाव प्रस्तुत गरिएको छ ।

के हो र जाबो सिन्दुरको धर्को
मेटिए एउटा थपिन्छ अर्को
आफ्ना छायाँ त छुटिजान्छ भने
को दिन्छ साथ जिन्दगी भरको

अभिको शब्द, ऋषि खड्काको संगीत र प्रमोद खरेलको आवाजमा निर्माण भएको प्रस्तुत गीतमा सनम कठायत, अभि क्षेत्री र पुजा पन्तले अभिनय गरेका छन् । भिडियोको निर्देशन अन्जन शर्माले गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्