आकाशले घाइते बनाएको सिर्जुलाई आर्यनले भेटेपछि…… (भिडियोसहित) – Kanika Khabar
Friday, March 29Nepali News Portal

आकाशले घाइते बनाएको सिर्जुलाई आर्यनले भेटेपछि…… (भिडियोसहित)

    मा प्रकाशित

May be an image of 2 people, people sitting and people standing

कनिका संवाददाता
माघ ८, दाङ ।
गायिका तथा नायिका सिर्जु अधिकारी यतिबेला नेपाली सांङेगीतिक बजारमा अलमलमा परेकी छिन् । हरेक नयाँ गीतमा चाहे स्वरका माध्यमबाट होस् चाहे अभिनयबाट होस् श्रोता र दर्शकको ढुकढुकी बनेकी सिर्जुलाई यतिबेला भने कसको नजरको सही निसाना हो भन्ने कुराले केहीबेर अलमलमा पारेको हो । नेपाली फिल्म क्षेत्रका सेलीब्रेटी आर्यन र आकाश दुबैको नजर एकैपटक नायिका सिर्जुमाथि लाग्नुले उनलाई सकसमा पारेको थियो । भेटको सुरुदेखि नै आकाशको नजरले हानिरहेकी सिर्जुलाई उत्तराद्र्धमा आर्यनको नजर बढी शक्तिशाली भएर आएको देखिन्छ । आकाशको नजरभन्दा आर्यनको नजरमा बढी चुम्बिकीय गुण भएपछि अन्तमा सिर्जुलाई आर्यनको नजरले खिचेको हो । आकाशको नजरले सिर्जुलाई घाइते बनाएको गुनासो भइरहँदा घाइते दिलको उपचार गर्न आर्यन अगाडि सरेका हुन् ।

May be an image of 2 people and text

 

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत पस्किराखेकी सिर्जुले पछिल्लो चरणमा ‘नजरैले हानेर’ बोलको गीतबाट धमाका पिटिराखेकी छिन् । गायक प्रवीण बेडवालसँग आवाज सहकार्य गरेकी गायिका सिर्जुले नेपाली संगीतमा मायाप्रेमको विषयवस्तुमा आधारित पृथक् शैलीको गीत लिएर आएकी हुन् ।
कविराज गहतराजको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकाररनायक आर्यन सिग्देल,आकाश श्रेष्ठ र स्वयम् सिर्जु अधिकारीको अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा सौरभ लामा छायाँकनको रहेको छ भने भिडियोको कोरियोग्राफर दिपकराज सुनारले गरेका हुन् । भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन्।   गीतमा सिर्जु अधिकारीकै संगीत र शब्द रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्