डायरीका पानाबाट : राष्ट्रियता र सामाजिक सञ्जाल – Kanika Khabar
Sunday, May 22Nepali News Portal

डायरीका पानाबाट : राष्ट्रियता र सामाजिक सञ्जाल

    मा प्रकाशित

बिनोद पोख्रेल

२०७७ माघ १० गते

विकृत राजनीतिको प्रभाव होला राजनतिबारे लेख्न नै मन लाग्दैन । कहिलेकाहीँ त राष्ट्रियता भन्ने शब्दको महत्व र आवश्यकतामाथि नै प्रश्न चिह्न लगाउने मन लाग्छ । पृथ्वीनारायण शाहले त्यतिबेला एकीकृत नेपाल नबनाएको भए आज हाम्रो राष्ट्रियता र पहिचान दुवै नेपाली हुने थिएन तर पनि केही पहिचान त अवश्य हुन्थ्यो ।

कुनै राष्ट्रियता पनि हुन्थ्यो । यहाँ यो तथा स्वीकार गर्नै दिइँदैन । पहिल राजाहरुले दिएनन् । पछिल्लो समयमा नेपाल र नेपाली नै हाम्रो पहिचान बनाइयो । त्यही घोकाइयो र यसैलाई राष्ट्रवाद भनियो । राष्ट्रवादलाई नाममा सीमित बनाइयो । म जहाँ बस्छु त्यो ठाउँ मेरो हो । त्यहाँ मेरो केही कर्तव्य पनि हुन्छ, जिम्मेवारी पनि हुन्छ र हक पनि हुन्छ । यति भएपछि मात्र मैले त्यो ठाउँलाई आफ्नो भन्ने अनुभूति गर्ने हो ।

सायद राष्ट्रियता भनेकै यही भावना हो तर पृथ्वीनारायण शाहले एकीकृत गरेको भूभाग नेपाल बन्यो, राष्ट्र बन्न सकेन । किनभने त्यहाँ आज्ञापालक प्रजाहरु भए जिम्मेवार नागरिक बनाउन पृथ्वीनारायण र उनका उत्तराधिकारीहरुले सोचनन् वा चाहेनन् । समयले विश्वव्यापीकरणको प्रभाव पा¥यो । यहाँ पनि देशलाई निजी सम्पत्ति वा विर्ता सम्झने सोचको विरुद्धमा परिवर्तन त भयो तर राष्ट्रवादको विकास हुन सकेन । बरु पदहरु नै स्थायी रुपमा आफ्ना बनाउने प्रयास भए । आम नागरिकले प्रशंसा वा आलोना गर्न सम्मत पायो तर जिम्मेवारी निभाउने वातावरण जानेर वा नजानेर बनाइएन ।

सबै मैले गर्छु, मलाई तिमीले भोट दिए पुग्छ भन्ने साँघुरो सोचले देशको नेतृत्व ग¥यो । त्यसैले कमजोरीहरु, विकृतिहरु यथावत रहे । आजभोलि यत्ति अधिकारको समेत चिन्ता नगरेर फेरि राजा आउ देश बचाउ अथवा सेना आउ देश बचाउ भन्ने नारा कहिले अलि प्रष्ट र कहिले झिनो स्वरमा सुनिन थालेको छ । के राजा हुँदा सबै ठिक थियो वा अब सबै ठिक हुन्छ ? प्रशन गरिएको होइन । बरु प्रतिक्रिया स्वरुप योभन्दा त ठिकै हुन्थ्यो भन्ने कल्पनाको भरमा राजालाई घुस्ने बाटो दिने प्रयास गरिँदैछ ।

कमसेकम राजाको हालीमुहालीमा हाम्रो के स्थान थियो र कस्तो भोगाइ थियो भन्ने भागेको पिढीले यस्ता प्रतिक्रियावादी नाराको प्रतिकार गर्न सक्नुपर्ने हो तर त्यो पनि देखिँदैन । मैले खान नपाए राजाले खाला भन्ने सोचको विकास भएको जस्तो छ । त्यस्तै देशमा सेनाको शासनको परिकल्पना गर्ने समूह पनि छ भन्ने जानकारी दिने प्रयास समेत भइरहेको छ तर हामी आफैले वा हाम्रा उत्तराधिकारीले सेनाको शासन भोग्नुपरे कति सहज मान्लान् भन्ने सामान्य अन्दाज पनि नगरेको देख्दा वर्तमान केही बुद्धिजीवी भनिनेहरुको बौद्धिक स्तरमा देखिने पूर्वाग्रहले चिन्ता नै बढाउँछ ।

एउटा नागरिकलाई उसको भावना, उसको अधिकार, उसको जिम्मेवारी असाध्यै प्यारो छ । यसमा बाधा पु¥याउने वा पु¥याउन सक्ने सोच मात्रै पनि उसलाई सह्य हुँदैन । देश हामीले जोगाउनुपर्छ भन्ने सोच र हिम्मत नभएकाहरुलाई बुद्धिजीवी कसरी मान्न सकिन्छ र ?

२०७७ माघ १३ गते

बिहान फेसबुक खोलेको थिएँ । दुईवटा कुराले ध्यान तान्यो । यस्तै प्रभाव पर्छ र स्वतन्त्र चिन्तन प्रभावित हुन्छन् भनेर मैले लेख्ने काम केही नहेरेर वा नसुनेर गर्छु । आज त्यसो गर्न सकेन । अनि मेरो भावना पनि निरपेक्ष वा म आफूमै सीमित हुन सकेन । यो मेले न चाहेको अवस्था हो । अब विषयतर्फ लागोँ । पहिलो ध्यानाकर्षण भएको विषय सिसहनियानिरको पुल उद्घाटन गर्दा टाँसेको सायद मार्वल हो ।

एकजना स्थानीयले पुल सिसहनियामा नभई महदेवामा भएको दाबी गरेका छन् । त्यसबाहेक सिसहनियाबाट ‘ह’ हराएको कुरा उठाएका छन् । म भए यस्ता कुरामा ध्यानै दिन्नथेँ होला । कारण बाहिरका कुराका लागि कुन जमिन कुन मौजामा छ भन्ने मतलव हुँदैन । थाहा पनि हुँदैन । त्यो गाउँको नजिक छ त्यही नाममा पुलको नामाकरण हुने अथवा जुन नदी, खोलामा छ त्यसकै भरमा नामाकरण हुने हो । स्थानीयहरुलाई केही मोह हुन्छ होला आफ्नो ठाउँको नाममा पुल बनोस् भन्ने । गाउँ, समाज चिनियोस् भन्ने इच्छा हुन्छ नै ।

मौजा वा गाउँ बारे त मलाई ठ्याक्कै थाहा भएन तर सिसहनियाभन्दा त अलि पर नै पर्छ त्यो पुल । त्यसकारण नामाकरण अलि मिलेन कि ? तर पनि पुल बनेको छ । यस्ता कुरामा विवाद वा बहस गर्ने पक्षमा म छैन । अर्को कुरा सिसहनियाबाट ‘ह’ हराएको कुरा हो । मैले उच्चारणकै भरमा भन्ने हो भने यी दुई उच्चारण मात्र होइन ‘सिसिन्ने’–‘सिसन्ने’ भनेको पनि सुनेको छु । उच्चारण व्याकरणीय आधारमा शुद्ध भएको राम्रो तर मािसको जिभ्रो र स्थानीय भाषाअनुसार केही फरक पर्नु स्वाभाविकै हो । मतलव स्थानसँग हो । जे उच्चारण गरे पनि बुझिेन ठाउँ एउटै हो भने त्यसमा पनि मेरो ध्यान बढी जान्न ।

अब अर्को कुरातर्फ जाऔँ । मानिसको स्वभाव एउटा निश्चित अवधिसम्म निश्चित रुपको बनिसकेको हुन्छ । कतिपल्ट त त्यही उसको मौलिक परिचय समेत बनेको हुन्छ । त्यसकारण मानिसबाट उसको स्वभाव र क्षमता अनुसारकै अपेक्षा गरिनुपर्छ तर पनि कतिपल्ट पदको गरिमाभन्दा बाहिर जाँदा त्यो हल्का रमाइलो वा नमिल्दो पनि लाग्ने रहेछ । पदीय गरिमा वा पदीय मर्यादा त अपेक्षित कुराहरु नै हुन् । यदि राख्न नसक्नेले पदलाई नै हलुको बनाइदिने गर्छन् । नेपालको सन्दर्भमा भन्ने हो भने यस्ता व्यवहार धेरैपल्ट भएका छन् ।

त्यसकारण यस विषयमा कसले के गरे भनेर त म भन्न चाहन्न तर धेरै यसतो भयो । यस्तो नभए हुन्थ्यो भन्ने लागिरहेको छ । यदि फेसबुकमा भएको सही हो भने मात्रै म आफ्नो यो विचारमा अड्छु । आजभोलि त फेसबुकमै पनि भए नभएका कुरा आउने पनि गरेका छन् । त्यसकारण पनि वास्तविकता नबुझेर केही भन्न वा कसैको नाम लिन सकिँदैन । गरिमा, मर्यादा, अनुशासन, दायित्वजस्ता कुरा आफैले बचाउने कुरा हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्