कोरोनाको संक्रमण कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनाको संक्रमण कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई

    मा प्रकाशित

काठमाडौं, ८ माघ ।

नेकपा (माओवादी केन्द्र) को निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।

बैठकले कोरोनाको संक्रमण कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको हाे ।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन लगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्रै चुनेको थियो । महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ ।

त्यसैगरी बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ । यी विषयमा पनि छलफल भएको छ । माओवादीमा महासचिव छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्