भोलि देशभरका अदालत बन्द – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भोलि देशभरका अदालत बन्द

    मा प्रकाशित

माघ ८, काठमाडौँ ।
भोलि आइतबर देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका हुन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

उनका परिवारका सदस्य मुलुकबाहिर रहेका थिए । परिवारका सदस्यहरू आएपछि उनको आज शनिबार अन्त्येष्टि गरिएको हो । आज नै सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी भोलि आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

 

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्