एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश – Kanika Khabar
Friday, April 19Nepali News Portal

एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

    मा प्रकाशित

विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३ – १ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । अब एपीएफले सेमिफाइनलमा सङ्कटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

 

यस अघि एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २ – ० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । बिवाइएसी युएसए भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ ।

 

 

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्