कोरोना अपडेट दाङ : थप ७७ जना सङ्क्रमणमुक्त, ७ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना अपडेट दाङ : थप ७७ जना सङ्क्रमणमुक्त, ७ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

८ माघ, दाङ ।
पछिल्लो २४ घण्टामा दाङका ७७ जना कोरोना सङ्क्रमित निको भएका छन् । सोही समयमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ६जना महिला र एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । पुष्टि हुनेमा तुलसीपुरका ४ जना, दंगीशरणका २ जना र घोराहीका एक जना रहेको केन्द्रले जनाएको छ ।

यस्तै आज जिल्लाका ७७ जना निको भएका छन् । निको हुनेमा तुलसीपुरका ६६ जना र घोराहीका ११ जना रहेको छन् । आज जिल्लामा सक्रिय विरामीको संख्या ३ सय १९ पुगेको केन्द्रले जानकारी दिएको छ । सक्रिय विरामी मध्ये ४ जनामा आईसियूमा, ८ जना सामान्य उपचारमा र ३ सय ७ जना घरमै रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्