माघ १५ गतेदेखि बिद्यालय खुल्ने – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

माघ १५ गतेदेखि बिद्यालय खुल्ने

    मा प्रकाशित

माघ १२, दाङ ।
कोरोना भाइरस सङ्क्रमण बढ्दै जाँदा बन्द भएका विद्यालयहरु माघ १५ गतेबाट खुल्ने भएका छन् । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको सुचना जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन सुचना जारी गरेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्