नेपाली काङ्ग्रेस २(ख) काे कार्यालय उद्घाटन हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपाली काङ्ग्रेस २(ख) काे कार्यालय उद्घाटन हुने

    मा प्रकाशित

माघ १२, दाङ ।
नेपाली काङ्ग्रेस क्षेत्र नं. २ (ख) को कार्यालय उद्घाटन हुने भएको छ । हिजो मंगलबार बसेको बैठकले यही माघ १४ गते शुक्रबार कार्यालय उद्घाटन गर्ने निर्णय गरेको हो ।
यस अघि नै नेपाली काङ्ग्रेस घोराही उपमहानगपालिका वडा नं. १० को कार्यालयलाई बिस्तार गरी कार्यालय स्थापना गर्ने निर्णय भइसकेको थियो । इकाइ कार्यालयको भवनमा आवश्यक कोठा विस्तार तथा व्यवस्थापन गरी २ (ख) को कार्यालय स्थापना गरिन थालिएको हो ।
हिजो मंगलबार बसेको प्रदेश २( ख) नियमित बैठकमा यस अघिको बैठकमा भएका निर्णयहरुको कार्यान्वयनका विषयमा समीक्षा गरिएकाृ थियो । साथै आगामी नियमित बैठकलाई घुम्ती बैठकका रुपमा सञ्चालन गर्ने र प्रदेश २ (ख) को कार्यालय स्थापना गर्न सहयोग पु¥याएका व्यक्तिलाई सम्मान गर्ने लगायतका निर्णय भएको सभापति अभियान बस्नेतले जानकारी दिए । बैठकमा काङ्ग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, तुलसीपुर नगर सभापति सुरेश हमाल लगायतले विचार राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्