भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड

    मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघेको छ । गत २४ घण्टामा २ लाख ८३ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ८२ हजार नाघेको हो । जसमध्ये ३ करोड ७३ लाख भने सङ्क्रमण मुक्त भएका छन् ।

 

४ लाख ९१ हजारको भने मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर ३५ करोड ८९ लाखमा सङ्क्रमण पुष्टि हुँदा २८ करोड ४५ लाख निको भइसकेका छन् भने ५६ लाख ३३ हजारको मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै विश्वभर ३२ लख ७१ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

 

२३ लाख ५५ हजार निको हुँदा ९ हजार ६ सयको भने मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्