लुम्बिनी प्रदेशमा मतगणना सुरु – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

लुम्बिनी प्रदेशमा मतगणना सुरु

    मा प्रकाशित

दाङ, १२ माघ ।

राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ।

बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रदेश सांसद तर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानिय तह तर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् ।मतदानका लागी प्रदेश सांसद र स्थानिय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र बनाईएको थियो । अब आबश्यक प्रक्रिया सुरु गरेर मतगणना हुने उहाले जानकारी दिनुभयो । मतगणना सोहि ठाउँमा हुने उहाले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा तिन जना राष्ट्रिय सभा सदस्य पदका लागी छ जना चुनाव लडेका छन् । महिला सदस्यतर्फ सत्तागबन्धन दल एकिकृत समाजवादीको तर्फबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र एमालेको तर्फबाट बाँकेका भारती उपाध्यय खनाल बिच प्रतिष्प्रर्धा भएको छ ।

यस्तैगरी दलिततर्फ सत्तागठबन्धन दल जनमोर्चाको तर्फबाट रुपन्देहीका तुल प्रसाद विश्वकर्मा र प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट गुल्मीका कृष्ण सुनार तथा अन्य तर्फ सत्तारुढ दल कांग्रेसबाट बाँकेका युवराज शर्मा र प्रतिपक्ष एमालेको तर्फबाट दाङका रामदयाल गुप्ताका बिचमा निर्वाचन भएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट एमालेका कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल फागुनमा सकिदैछ ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्