हाम्रो पहुँच माविलाई आइएसए अवार्ड २०२१ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हाम्रो पहुँच माविलाई आइएसए अवार्ड २०२१

    मा प्रकाशित

माघ १४, दाङ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयले इन्टरनेसनल स्कुल अवार्ड २०२१ प्राप्त गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको विद्यालयले अवार्डका लागि तोकिएका विभिन्न सात वटा सुचक पूरा गरी इन्टरनेसनल स्कुल अवार्ड प्राप्त गरेको हो ।

शिक्षण सिकाईका आधारमा उत्कृष्ट विद्यालयलाई ब्रिटिस काउन्सिलले इन्टरनेशनल स्कुल अवार्ड प्रदान गर्ने गरेको छ । सन् २०२१ मा सहभागी दाङका ८ वटा विद्यालयमध्ये हाम्रो पहुँच माविले अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका आइएसए कोर्डिनेटर तिलक कालाथोकीले जानकारी दिए ।

काउन्सिलको मापदण्ड अनुसार विभिन्न ७ ओटा परियोजनाहरुमा आधारित रहेर हाम्रो पहुँच माविले विभिन्न शिक्षण क्रियाकलापहरु गरेको उनले बताए ।

 

विद्यालयले शिक्षण सिकाई प्रभावकारीका लागि तीन वटा विदेशी विद्यालय र एउटा सरकारी विद्यालय संगको सहकार्य गरेको छ । यस्तै स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम र विद्यालयभित्र गरिने परियोजना प्रभावकारी भएकाले अवार्ड प्राप्त गरिएको कोर्डिनेटर कालाथोकीले बताए ।

जनप्रतिनिधि, शिक्षासंग सम्बन्धित सरोकारवाला सबैको सहयोगले विद्यालयले इन्टरनेसनल अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्