होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन – Kanika Khabar
Friday, March 29Nepali News Portal

होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन

    मा प्रकाशित

माघ १४, दाङ ।
होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । गत नोभेम्बरमा भएको चुनावमा विजयी हुनुभएका शियोमारा कास्त्रोले राष्ट्रपतिको रुपमा सपथ लिनुभएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक सङ्कटले चुनौति थपिरहेका बेला कास्त्रोले शपथ लिनुभएको हो ।

सपथपछि कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहहरुसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने पनि बताउनुभयो । तर उहाँको पार्टी लिब्रे भित्रको विवादले ती वाचाहरु पूरा हुनेमा भने शंका छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्