माघ १५, दाङ ।
एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
खेलको तयारी सकिएको र सकेसम्म उत्कृष्ट प्रर्दशन गर्ने गरि खेल्ने खेलाडीले बताएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शक सहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि तयारी पूरा गरेको जनाएको छ ।
करिव १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले तयारी राम्रो रहेको प्रतिक्रिया दिनुभएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले जितका लागि नेपाली टिम मैदान उत्रने बताउनुभयो ।
यस्तो छ नेपाली टिम
किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ