शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न सिसिएमसीको सिफारिस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न सिसिएमसीको सिफारिस

    मा प्रकाशित

माघ १५, दाङ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले शैक्षिक  संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न  सिफारिस गरेको छ।

सिसिएमसीको हिजो बसेको बैठकले शिक्षक संस्थाहरूमा भौतिक उपस्थितिमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो।

शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्ने प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिइन्।  यसअघि माघ १५ गतेसम्म हिउँद बिदाको रूपमा बिदा गर्न भनेकाे थियाे।

संक्रमण नियन्त्रणमा नभएको भन्दै सिसिएमसीले त्यसलाई लम्ब्याउन सिफारिस गरेको हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्