देशभर रहेका २८ स्थानीय तहको केन्द्रबारे सहमति अझै जुट्न सकेन – Kanika Khabar
Friday, March 29Nepali News Portal

देशभर रहेका २८ स्थानीय तहको केन्द्रबारे सहमति अझै जुट्न सकेन

    मा प्रकाशित

माघ १५, काठमाडौँ ।
देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्य अझै पनि २८ वटा स्थानीय तहको केन्द्र बारे सहमति जुट्न सकेको छैन ।

२८ वटा स्थानीय तहको केन्द्र विवादबारेको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्म आइपुगेको छ । मन्त्रालयमा ती स्थानीय तहले केन्द्र परिर्वतन, पालिकाको नाम परिवर्तन र केन्द्र र नाम दुबै परिवर्तन गर्नबारेको फाइल पुगेको छ ।

५ वर्षको अवधिमा ६३ वटा स्थानीय तहले वडा सङ्ख्या थप, सीमाना हेरफेर लगायतको लागि माग गर्दै फाइल पेश गरेका छन् ।

मन्त्रालयका सङ्घीय मामिला शाखाका उपसचिव तुलसीराम अर्यालले यसबारेमा आएका कागजात सम्बन्धमा अध्ययनको काम भइरहेको बताउनुभयो । सीमा विवाद समाधान गर्न स्थलगत निरीक्षण नै गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्