माघ २३ गतेबाट निजी विद्यालय खोल्न प्याब्सनको माग – Kanika Khabar
Friday, March 29Nepali News Portal

माघ २३ गतेबाट निजी विद्यालय खोल्न प्याब्सनको माग

    मा प्रकाशित

माघ १५, काठमाडौँ ।
निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले भने माघ २३ गतेबाट देशभरका निजी विद्यालय सञ्चालन गर्न अनुमति पाउनुपर्ने माग गरेको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय, उद्योग व्यवसाय, प्रतिष्ठान सबै खुल्ला रहेको अवस्थामा विद्यालय मात्रै बन्द गरिएको भन्दै ब्याब्सनले कक्षा ६ देखि माथिका कक्षाहरू विद्यार्थीको भौतिक उपस्थितिमै गर्नुपर्ने बताएको हो ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले कक्षा ६ देखि माथिका अधिकांश विद्यार्थीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको र छुटेका विद्यार्थीलाई माघ १६ देखि विद्यालयमै खोप लगाउने व्यवस्था गरेकाले विद्यालय खोल्नुपर्ने बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यार्थीका लागि खोप अभियान तिव्र पारिएकाले विद्यालय सञ्चालनका विषयमा छिट्टै निर्णय लिने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्