रौतहटमा आलोपालो प्रणालीमा सेवा दिँदै जिल्ला प्रशासन कार्यालय – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रौतहटमा आलोपालो प्रणालीमा सेवा दिँदै जिल्ला प्रशासन कार्यालय

    मा प्रकाशित

पुजा आचार्य
माघ १५, रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो प्रणालीमा सेवा दिन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आलोपालो सेवा दिन थालेको हो । कार्यालय परिसरमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आलोपालो गरि सेवा दिनथालिएको हो ।

कार्यालयले बार अनुसार स्थानीय तहका नागरिकहरूलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिस लगायतको सेवा प्रवाह गरिरहेको छ ।कार्यालयका अनुसार सोमवार गौर नगरपालिका, राजदेवी नगरपालिका, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका नागरिकहरूलाई सेवा प्रवाह गरिएको छ । यसैगरी मङ्गलवार र बुधवार बौधिमाई नगरपालिका, देवाहीगोनाही नगरपालिका, यमुनामाई गाउँपालिका र राजपुर नगरपालिकाका नागरिकहरूलाई सेवा दिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहीवार र शुक्रवार भने मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालयनिकायहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्