आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ र एपीएफबीच प्रतिस्पर्धा हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ र एपीएफबीच प्रतिस्पर्धा हुँदै

    मा प्रकाशित

२० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।

 

आजको खेलमा मनाङ र एपीएफ दुबै उपाधि जित्ने योजनासहित मैदान उत्रने छन्। ६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पक्षमा पार्ने योजनामा हुनेछ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने सोंचमा रहेको छ ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्