स्थापना दिवसमा प्रेस सेन्टरले दाङमा दीप प्रज्वलन गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्थापना दिवसमा प्रेस सेन्टरले दाङमा दीप प्रज्वलन गर्ने

    मा प्रकाशित

No description available.

घाेराही, १५ माघ ।

प्रेस सेन्टर नेपालकाे १८ ओेेैं स्थापना दिवसको अवसरमा दाङमा दीप प्रज्वलन गरिने भएकाे छ । आज बेलुकी ६ बजे नेपाल पत्रकार महासंघ दाङकाे प्रांगणमा दीप प्रज्वलन गरिने प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयाे ।

काेराेना महामारी भएकाले स्थापना दिवसका अन्य सम्पूर्ण कार्यक्रमहरू भने स्थगित गरिएकाे उहाँले जानकारी दिनुभयाे । “सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पालना गर्दै दीप प्रज्वलन गरिने छ,” शर्माले भन्नुभयाे, “हाम्रा अग्रजहरूकाे निकै कठिन पूर्ण संघर्ष र त्याग तपस्याबाट स्थापना भएकाे प्रेस सेन्टरकाे इतिहास निकै गाैरवपूर्ण रहेकाे छ ।” यसैबीच सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति निकालेर स्थापना दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

 

“न्याय, समानता र परिवर्तनका लागि श्रमजीवीकाे पक्षमा कलम चलाउने सम्पूर्ण कलमजिवीहरूमा हार्दिक शुभकामना,” विज्ञप्तिमा भनिएकाे छ, “हाम्रा अग्रजहरूले देखाउनुभएकाे बाटाेमा हामी सधै लामबद्घ हुने छाैं ।” विज्ञप्तिमा आज बेलुकी ६ बजे पत्रकार महासंघकाे प्रांगणमा आयाेजना गरिएकाे दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्