सत्ता गठबन्धन बैठक : निर्वाचनका विषयमा जुटेन सहमति, दिउँसो पुनः बस्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सत्ता गठबन्धन बैठक : निर्वाचनका विषयमा जुटेन सहमति, दिउँसो पुनः बस्ने

    मा प्रकाशित
फाइल तस्बीर

माघ १५, काठमाडौँ ।
स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । निर्वाचनको विषयमा मिति तय गर्नका लागि बसेको बैठकमा सहमति नजुटपछि आज अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।

स्रोतका अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्