एन्फा आपतकालीन बैठक आज बस्दै – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

एन्फा आपतकालीन बैठक आज बस्दै

    मा प्रकाशित

एजेन्सी ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालीन बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक बस्न नसकेपछि आजका लागि बोलाइएको छ । ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ ।
बैठकले मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघका सम्बन्धमा, कोरोना राहत र विविध अन्तर्गत रहेका एजेण्डाका विषयमा छलफल गर्नेछ । एन्फाको मानार्थ अध्यक्षमा टासी घलेलाई फिर्ता बोलाउनेदेखि लामो समय विवादित बन्दै आएको भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाहीको मुख्य एजेण्डामा छलफल केन्द्रित हुने बताईएको छ ।

कोरोना राहत अन्तर्गत एन्फाले आफ्ना जिल्ला फुटबल संघ, क्लब र सदस्य संघलाई यसअघि नै ७५ हजारको दरले राहत बाँड्ने निर्णय गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्