षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएकाे छ : अभिनेता शाह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएकाे छ : अभिनेता शाह

    मा प्रकाशित

दाङ ,  १२ फागुन । अभिनेता पल शाहले आफूमाथि षडयन्त्र भएको बताएका छन् । शाहले फेसबुकमा स्टाटस लेख्दै आफूमाथि षडयन्त्र भएको बताएका हुन् ।

उनले केही प्रमाणहरु पेस गर्दै षडयन्त्र गरिएको प्रस्ट्याउन खेजेका छन् । आफूमाथि लगाइएको आरोप झुटो भएको उनले दाबी समेत गरेका छन् ।

उनी लेख्छन् ‘केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिकाद्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।’

यस्ताे छ पल शाहकाे स्टाटस
नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई
Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/…/1LCttzu4XUi…/view…                     https://www.facebook.com/100044271614200/posts/497864438365939/
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्