पललाई मार्ने याेजना थियाे दुर्गेशकाे :पलका म्यानेजर – Kanika Khabar
Friday, April 19Nepali News Portal

पललाई मार्ने याेजना थियाे दुर्गेशकाे :पलका म्यानेजर

    मा प्रकाशित

काठमाडौं, १३ फागुन । नायक पल शाहलाई ज्यान मार्ने सम्मको योजना बनेको खुलेको छ। शाहलाई फसाउनका लागि योजना बनाएका मध्येका कृष्ण जोशीले पललाई मार्ने सम्मको आफूहरुको योजना बनाएको खुलासा गरेका हुन् ।

एक भिडियो अन्तर्वार्तामा जोशीले गायक दुर्गेश थापाले पललाई ‘सिध्याउने’ सम्मको योजना बनाएको खुलाए । जोशी नायक पलका म्यानेजर हुन् । ‘पल दालाई मार्नेसम्मको योजना बनेको थियो,’ उनले भनेका छन् ‘दुर्गेश दाइले त पललाई सिध्याइदिउँ भनेको हो , ज्यानको तलमाथिको कुरा थियो, अहिले सम्झदा शरीरमा काँडा उम्रन्छ ।’

आफू पनि पललाई फसाउने योजनाकार रहेको स्वीकार्दै जोशीले अहिले पछुतो लागिरहेकोसमेत बताएका छन्। साथै उनले आफूहरु दोषी रहेको भन्दै आफू लगाएत योजना बनाउने चारैजनालाई कानुनी कारवाही हुनुपर्ने समेत बताएका छन्। ‘म पनि त्यो योजनाको योजनाकार मध्यको हुँ,’ उनले भनेका छन् ‘हामीहरु दोषी हौँ, हामीहरुलाई पनि कारवाही हुनु पर्छ ।’

साथै उनले उक्त समुहमा रहेकाहरुले पल शाहसंगको व्यक्तिगत रिसिइबी साँध्नका लागि गायिका समिक्षा अधिकारीलाई प्रयोग गरिएको समेत बताए। ‘गायिका समिक्षा बहिनीलाई त हामीहरुले प्रयोग मात्रै गरेका हौँ, त्यहाँ समिक्षाले बोलेका सबै कुराहरु सिकाउने त हामीहरु नै छौँ नि,’ उनले भने ‘व्यक्तिगत रिसिइबी साँध्नका लागि समिक्षालाई प्रयोग गर्ने अवसर जुरेको हो।’  साथै उनले नायक पलसँग गरिएको एक करोडको बार्गेनिङ आफूले नगरेको भन्दै थपे ‘त्यो बार्गेनिङको योजना मेरो हैन, बार्गेनिङ सुरज ओलीले गर्नुभएको हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्